नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।२१ गते।
------------------------------------------
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका, वडा नं. १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज सर्वेक्षक शिव कुमार साहलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू.१,००,०००/- (एक लाख रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहले जग्गाको अंशबण्डा मुताविक नक्सा ट्रायल चेक गरी त्यसको आधारमा नक्सा संशोधन गरिदिने कार्यमा आलटाल गरी दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरी रू.१,००,०००/- (एक लाख रूपैयाँ) लिएको पुष्टि भएकोले निज शिव कुमार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१,००,०००/– (एक लाख रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet