सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।३१ गते।
------------------------------------------
 
सोताङ गाउँपालिका, सोलुखुम्बुमा आ.व.२०८०/०८१ मा ९० कार्य दिनको ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भई समापन पश्चात सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम प्रशिक्षकको रूपमा काम दिलाए वापत रू.४५,०००/- (पैंतालीस हजार रूपैयाँ) माग गरी निज उपाध्यक्षले छोरा सुनिल नाछिरिङ राईको बैंकमा रहेको खाताको QR CODE मा हाल्न लगाएको हुँदा निजलाई छानविन गरी कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सोताङ गाउँपालिकाका उपाध्यक्ष प्रतिवादी अन्जु नाछिरिङ राईले आफ्नो ओहदा एवं सो सम्बन्धी पदीय जिम्मेवारी बहन गर्ने क्रममा गाउँपालिकाबाट ढाका बुनाई तालिमको प्रशिक्षकको रूपमा काम दिलाए दिलाउन लगाए तथा तालिममा सहजीकरणसमेत गरे गराए वापत अर्का प्रतिवादी सुनिल नाछिरिङ राईसमेतको मिलेमतोमा आफ्नो निमित्त घुस/रिसवत लिए लिन लगाएको, कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रू.४५,०००/-(पैंतालीस हजार रूपैयाँ) कायम गरी निज अन्जु नाछिरिङ राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ। 
 
साथै, प्रतिवादी सुनिल नाछिरिङ राईले सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसँगको मिलेमतोमा ढाका बुनाइ तालिमको प्रशिक्षकको रूपमा काम दिलाए दिलाउन लगाए तथा तालिममा सहजीकरणसमेत गरे गराए बापत सेवाग्राहीबाट रू.४५,०००/- (पैंतालीस हजार रूपैयाँ) घुस/रिसवत वापतको रकम लिर्इ सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेतका निमित्त रिसवत उपलब्ध गरे गराई प्रयोग प्रचलनमा समेत ल्याए/ल्याउन लगाएको, निज सुनिल नाछिरिङ राईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा बिगो रू.४५,०००/- (पैंतालीस हजार रूपैयाँ) कायम गरी निज सुनिल नाछिरिङ राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06