कालिका माध्यमिक विद्यालय, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।३० गते।
------------------------------------------
 
जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले निज देव बहादुर बमलाई सेवाग्राहीबाट घुस/रिसवत रू.२,००,०००/- (दुई लाख रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा श्री कालिका माध्यमिक विद्यालय गौरीगंगा ४, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले समिति सदस्यको ओहदा एवं पदीय हैसियतमा रही जिम्मेवारी बहन गर्ने क्रममा बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरी आफ्नो निमित्त रु.२,००,०००/–(दुई लाख रुपैयाँ) लिएको, उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज देव बहादुर बमलाई बिगो रु.२,००,०००/- (दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06