जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२६ गते।
------------------------------------------

जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैठौ) डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट रू.६,००,०००।–(छ लाख रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला इलाम, चुलाचुली गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर (छैठौ) डिल्ली राज खड्का र लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न, ठेक्का सम्बन्धी कार्य सम्पन्न भएबमोजिम पेस गरेको बिल रकम भुक्तानी गरेगराए बापत आफूहरूले महत्वपूर्ण भूमिका खेली सहजीकरण गरे गराएको भनी सेवाग्राहीसँग घुस/रिसवत बापत रू.६,००,०००।–(छ लाख रूपैयाँ) माग गरी लिएको स्थापित भएकोले निज प्रतिवादीहरू डिल्ली राज खड्का र मिलन कुमार भट्टराईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई बिगो रू.६,००,०००।- (छ लाख रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06