प्रतिवादी मोहन बहादुर बस्नेतसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२३ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नागार्जुन नगरपालिका, काठमाडौँका नगर प्रमुख मोहन बहादुर बस्नेतसमेतका प्रतिवादीहरु उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.९,२२,४६,०३२।३३ (नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना सजाय हुन तथा सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन साथै सोही ऐनको दफा ३ को उपदफा (१) तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जग्गा/सम्पत्तिबाट रिसवतको बिगो जफत/असुल उपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य घुस/रिसवतबापत प्राप्त गरेको गैरकानुनी रकम/सम्पत्तिको स्रोत लुकाउने कलुषित मनसाय राखी बिभिन्न ब्यक्तिगत प्रयोजनमा खर्च गरेको पुष्टी भएकोले उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा ३ को उपदफा (३) ले परिभाषित एवं निषेधित कसुर हुने हुँदा बिगो रु.१३,१२,७३,०३२।३३ (तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा मात्र) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन एवं सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम सम्पत्ति/जग्गासमेत जफत/असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०३।०६ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०१।२३ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी मोहन बहादुर बस्नेतसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/06
प्रतिवादी मोहन बहादुर बस्नेतसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/06
प्रतिवादी गोपाल प्रसाद बगालेसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/06
प्रतिवादी रेशमराज कण्डेलसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/05
प्रतिवादी कमल प्रसाद पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/05