प्रतिवादी राम बिक्रम राणासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०३।०८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१, पुरानो टुँडिखेल, कास्कीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा समेतका प्रतिवादीहरू उपर कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी सरकारी/सामुदायिक प्रकृतिको राष्ट्रिय माध्यमिक विद्यालयको भवनसहितको जग्गा निजीस्तरमा सञ्चालित संस्थागत विद्यालयलाई दिई भ्रष्टाचार गरेकोले बिगो रकम रु.१५,२९,४०८/- (पन्ध्र लाख उनन्तीस हजार चार सय आठ रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१०।२७ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०३।०८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet