जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर बिगो रू.२४,५०,०००।– कायम गरी घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०८२।१०।२२ गते।
------------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत समेतले मोही जग्गा दर्ता सम्बन्धी काम गर्नको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत वापत रू.२४,५०,०००।-(चौबीस लाख पचास हजार रूपैयाँ) रकम माग गरी लिई भ्रष्टाचार गरेको (मुद्दा नं.०८२-CR-०००६) मुद्दामा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम बिशेष अदालतमा सरकारी साक्षीको रूपमा पेश गरिएका तेज बहादुर तामाङ्ग र सानुकान्छा तामाङ्गले आयोग समक्ष गरेको बयानसमेतको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरी प्रतिवेदनका सम्बन्धमा अनुसन्धान हुँदा वादी नेपाल सरकार प्रतिवादी कुमार आचार्य भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको (विशेष अदालत समक्ष दायर मुद्दा नं. ०८२-CR-०००६) मुद्दाको सजायमा पूर्ण छुट दिई सरकारी साक्षीको रूपमा पेश गरिएका जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने प्रतिवादीद्वय तेज बहादुर तामाङ र सानुकान्छा तामाङले सम्मानित विशेष अदालत, काठमाडौं समक्ष मिति २०८२।०५।२३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको तथ्य स्थापित भएकोले निज प्रतिवादीहरू तेज बहादुर तामाङ्ग र सानुकान्छा तामाङ्ग तथा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसमेतको मिलेमतो र योजनामा जिल्ला भक्तपुर, साविक चाँगुनारायण गाउँ विकास समिति, वडा नं. ५ख, कित्ता नं. २८६ र कित्ता नं. २८९ को जग्गा मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई दिने भनी घुस/रिसवत वापत रू.२४,५०,०००।- दिएको कार्य कसुर (Actus Reus) पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न निज प्रतिवादीद्वय तेज बहादुर तामाङ र सानु कान्छा तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा बिगो रू.२४,५०,०००।- (चौबीस लाख पचास हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता 
सुरेश न्यौपाने
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06