यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।१४ गते।
------------------------------------------

यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा जाँचपास, परमिट, नवीकरण शाखामा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङले घुस/रिसवत रकम लिएको भन्नेसमेत व्यहोराको प्राप्त सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु.१,८५,०००।– नगदसहित निज ईन्द्रजित गुरुङलाई मिति २०८२।०२।३० गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा राष्ट्रसेवक प्रतिवादी ईन्द्रजित गुरुङले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनबाट जारी हुने सेवाहरु पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस/रिसवत रु. १,६१,३४०।- माग गरी आफू कर्मचारी भएकोले समस्यामा पर्छु भनी जानी बुझी भ्रष्टाचारको कसूर छल्न कार्यालयको कर्मचारी नरहेको र जिम्मेवारी नपाएको बाहिरी व्यक्तिलाई कार्यालयमा करार नियुक्ति दिने भनी झुट्टा आश्वासन दिई वदनियत गरी आफ्नो अनुकूलको गैरकानूनी कार्य (घुस रिसवतको रकम संकलन व्यवस्थापन) गर्न जानी बुझी ई-सेवा खातामा सेवाग्राहीबाट घुस/रिसवतको रकम जम्मा गर्न लगाई सोमार्फत उक्त घुस/रिसवतको रकम निज ईन्द्रजित गुरुङले आफ्नो सानिमा बैङ्कमा रहेको खातामा पटक-पटक गरी दाखिला गरे गराई उक्त घुस रिसवत रकम प्राप्त गरेको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४०।- (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06