नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।२६ गते।
------------------------------------------

नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्की बिरगंजमा कार्यरत कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८२।०८।०२ गते नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय समेतको आपसी मिलेमतो तथा योजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २५ स्थित कि.न.५५ क्षेत्रफल ०,००६४ बर्ग मिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भनी सो प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,००,०००।– घुस/रिसवत माग गरी लिएको स्थापित भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,००,०००।– (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21
जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मकबुल मिया अंसारीसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/20
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/18
जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08