जिल्ला कपिलबस्तु, विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदास उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।०१ गते।
------------------------------------------

जिल्ला कपिलवस्तु, तौलिहवा नगरपालिका वडा नं.८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक समेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोष लगायतको सामाजिक सुरक्षा करसमेत खातामा जम्मा नगरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. ८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयको लागि आ.ब. २०७८/७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त रकम रु.५१,६००।–, दिवा खाजावापत रु.२,४७,०५०।- र पाठ्यपुस्तक शीर्षकमा रु.१,१६,७२९।- विनियोजन भएकोमा विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूको मिलोमतोमा बिद्यालयमा छात्रवृत्तिका लागि निकासा भएको रकम रु.५१,६००।– कुनै पनि विद्यार्थीहरुलाई वितरण गरेको नदेखिएको, दिवा खाजा शीर्षकको रु.२,४७,०५०।–रकम मध्ये जम्मा रु.९,९००।-  रकम बराबरको उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत ३ जना विद्यार्थीहरुलाई विद्यालयमा नै खाजा खुवाई बाँकी रहेको रकम रु.२,३७,१५०।- रकमको दिवा खाजा नखुवाएको, पाठ्यपुस्तक शीर्षकमा निकासा भएको रकम रु.१,१६,७२९।-,मध्ये जम्मा रु.१,७६४।४ रकम बराबरको पाठ्यपुस्तक खरिद गरी जम्मा ३ जना विद्यार्थीहरुलाई वितरण गरेको सोको बाँकी रकम १,१४,९६५।८ बराबरको बितरण नगरेको, छात्रवृत्तिवापतको रु.५१,६००।– र सामाजिक सुरक्षा करवापतको रु.३९,७१४।९५ गरी जम्मा रु.४,४३,४३०।७५ (चार लाख त्रिचालीस हजार चार तीस रुपैया पचहत्तर पैसा मात्र) रकम सम्बन्धित काममा खर्च नगरी खाईमासी हिनामिना गरेको देखिंदा प्रतिवादीहरु विश्वम्भर रैदास र दुर्गा थारूले बिद्यार्थीहरूलाई दिवा खाजा नखुवाई, पाठ्यपुस्तक बितरण नगर्नुको साथै छात्रवृत्ति रकम बितरण नगरेको र सामाजिक सुरक्षाबापतको कर दाखिला नगरी नेपाल सरकार एबं सार्वजनिक संस्था बिश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पुर्‍याएको र आफूहरूलाई गैरकानूनी फाइदा लिई निज प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.४,४३,४३०।७५ (चार लाख त्रिचालीस हजार चार सय तीस रुपैंया पचहत्तर पैसा मात्र) कायम गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा उक्त ऐनको पहिलो संशोधन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम बिगो बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी हिनामिना, हानिनोक्सानी एंव दुरूपयोग गरेको बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11