जिल्ला कपिलबस्तु, विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदास उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।०१ गते।
------------------------------------------

जिल्ला कपिलवस्तु, तौलिहवा नगरपालिका वडा नं.८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक समेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोष लगायतको सामाजिक सुरक्षा करसमेत खातामा जम्मा नगरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. ८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयको लागि आ.ब. २०७८/७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त रकम रु.५१,६००।–, दिवा खाजावापत रु.२,४७,०५०।- र पाठ्यपुस्तक शीर्षकमा रु.१,१६,७२९।- विनियोजन भएकोमा विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूको मिलोमतोमा बिद्यालयमा छात्रवृत्तिका लागि निकासा भएको रकम रु.५१,६००।– कुनै पनि विद्यार्थीहरुलाई वितरण गरेको नदेखिएको, दिवा खाजा शीर्षकको रु.२,४७,०५०।–रकम मध्ये जम्मा रु.९,९००।-  रकम बराबरको उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत ३ जना विद्यार्थीहरुलाई विद्यालयमा नै खाजा खुवाई बाँकी रहेको रकम रु.२,३७,१५०।- रकमको दिवा खाजा नखुवाएको, पाठ्यपुस्तक शीर्षकमा निकासा भएको रकम रु.१,१६,७२९।-,मध्ये जम्मा रु.१,७६४।४ रकम बराबरको पाठ्यपुस्तक खरिद गरी जम्मा ३ जना विद्यार्थीहरुलाई वितरण गरेको सोको बाँकी रकम १,१४,९६५।८ बराबरको बितरण नगरेको, छात्रवृत्तिवापतको रु.५१,६००।– र सामाजिक सुरक्षा करवापतको रु.३९,७१४।९५ गरी जम्मा रु.४,४३,४३०।७५ (चार लाख त्रिचालीस हजार चार तीस रुपैया पचहत्तर पैसा मात्र) रकम सम्बन्धित काममा खर्च नगरी खाईमासी हिनामिना गरेको देखिंदा प्रतिवादीहरु विश्वम्भर रैदास र दुर्गा थारूले बिद्यार्थीहरूलाई दिवा खाजा नखुवाई, पाठ्यपुस्तक बितरण नगर्नुको साथै छात्रवृत्ति रकम बितरण नगरेको र सामाजिक सुरक्षाबापतको कर दाखिला नगरी नेपाल सरकार एबं सार्वजनिक संस्था बिश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पुर्‍याएको र आफूहरूलाई गैरकानूनी फाइदा लिई निज प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.४,४३,४३०।७५ (चार लाख त्रिचालीस हजार चार सय तीस रुपैंया पचहत्तर पैसा मात्र) कायम गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा उक्त ऐनको पहिलो संशोधन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम बिगो बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी हिनामिना, हानिनोक्सानी एंव दुरूपयोग गरेको बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

नेपाल नागरिक उड्‍डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जना र अभियन्त्र कन्सल्टिङ्ग प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/03
कटहरिया नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेत ७ जना र सरिता फाउण्डेशन, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/02
नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/01
मायादेवी गाउँपालिका, कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/11/30