जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०७।१६ गते।
------------------------------------------

जिल्ला दाङ, गढवा गाउँपालिका वडा नं. १ स्थित पत्रिङ्गाघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाटगद्दी गरिराखेको नदीजन्य पदार्थ (ढुंङ्गा, गिट्टी, बालुवा) कालाकाटे गढवा सडक खण्ड निर्माणका लागि राखेकोमा उक्त नदीजन्य पदार्थ अन्य क्रसर उद्योगलाई बिक्री वितरण गरिरहेको फेला पारी स्काभेटर, टिप्परहरु र बिल भरपाई बरामद गरी प्रहरी चौकीमा बुझाएकाले कारबाही गरी पाउँ भन्ने व्यहोराको आयोगमा प्राप्त उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा  जिल्ला दाङ, गढवा गाउँपालिका कार्यालयले आ.व. २०७६/०७७ मा वडा नं. १ को पत्रिङ्गा घाटदेखि जेठानगाउँ घाटसम्मको क्षेत्रबाट (खण्डबाट) जेठ मसान्तसम्म जम्मा परिमाण ७२,२८५ घ.मि. बराबरको नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडा) उठाउन बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लि. र गढवा गाउँपालिकाको कार्यालय बीच मिति २०७६।१०।१२ गते ठेक्का सम्झौता भएकोमा मिति २०७७।०४।१३ गते जिल्ला समन्वय समिति दाङको प्रतिनिधिको उपस्थितिमा गढवा गाउँपालिकाका अध्यक्ष समेतको टोलीले गरेको नापजाँचमा १,१०,६३८ घ.मि. नदीजन्य पदार्थको स्टक प्रमाणित गरेको देखिएको। स्टक नापजाँच गर्दा १,१०,६३८ घ.मि. भएको र उक्त परिमाणबमोजिम सम्झौताभन्दा बढी नदीजन्य पदार्थको राजस्व रकम गढवा गाउँपालिकाको विभाज्यकोषमा जम्मा गर्न पत्राचार गर्ने भनी मिति २०७७।०९।०३ गते गाउँ कार्यपालिकाबाट निर्णय भई सम्झौता अनुसार बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व विभाज्यकोषको खाता जम्मा गरी सोको सक्कल भौचर दाखिला गर्न प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.लाई पटक पटक पत्राचार गरी पुन: ताकेता पत्राचार समेत भएको देखिएको। 
यसरी बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व विभाज्यकोषमा जम्मा गर्न प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी स्वयमले दस्तखत गरी बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.लाई तीन पटक पत्राचार भएको र सो रकम उक्त प्रा.लि.ले जम्मा गरी नसकेको अवस्थामा बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.ले उक्त ठेक्का सम्झौताको लागि गढवा गाउँपालिकाको नाममा राखिएको उक्त ठेक्का नं. ०७/०७६/०७७ कै लागि राखिएको बैक ग्यारेन्टी जमानत रकम रु.९५,९८,०००।– (पन्चानब्बे लाख अन्ठानब्बे हजार रुपैयाँ) बैकले फुकुवा नगरी गढवा गाउँपालिकाको नाममा यथावत् नै रहिरहेको अवस्थामा उक्त बैक ग्यारेन्टीबाटै बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूलउपरको कारबाही अगाडि बढाई सम्झौता र शर्त विपरीतको काम गर्ने बज्रगुरु कन्ट्रक्सन प्रा.लि.उपर प्रचलित कानूनबमोजिमको थप कारवाही गर्ने प्रक्रिया समेत अबलम्बन गर्नुपर्नेमा सो नगरी उल्टै गाउँ कार्यपालिका र गाउँसभाबाट भएको निर्णयविपरित हुने गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (२) मा भएको प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार समेतलाई बेवास्ता गर्दै राजस्व रकम दाखिला सम्बन्धमा तीन पटकसम्म बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि. लाई आफैले दस्तखत गरी लेखेको पत्रहरुको विपरीत हुने गरी सम्बन्धित शाखाबाट तहगत रुपमा कुनै राय तथा टिप्पणीसमेत नउठाई बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.सँग मिलेमतो गरी सरकारी हिनामिना हानिनोक्सानी पुर्‍याउने बदनियतले ठेक्कासम्बन्धी सम्पूर्ण कार्य भएकाले जमानत रकम फुकुवा गरिदिनु भनी प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी आफैले दस्तखत गरी गढवा गाउँपालिका कार्यालयको पत्रबाट नेपाल बंगलादेश बैक, काठमाण्डौमा पत्राचार गरी सोही पत्रको आधारमा मिति २०७८।०९।१२ गते उक्त बैक ग्यारेन्टी फुकुवा गरिसकेपछि उक्त ठेक्काकै लागि राखिएको बैक ग्यारेन्टी आफूले पत्राचार गरी फुकुवा गरेको विषयमा गाउँ कार्यपालिकामा कुनै जानकारी नगराई उल्टै गाउँ कार्यपालिकालाई समेत झुक्याएर अभिलेख समेत नराखेको पाइएकोले ठेक्का नं. ०७/०७६/०७७ को लागि राखिएको बैक ग्यारेन्टी जमानत रकम रु.९५,९८,०००।– (पन्चानब्बे लाख अन्ठानब्बे हजार रुपैयाँ) बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि. का एम.डि. लक्ष्मण कुमार राना र प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले एकआपसमा मिलेमतो गरी बैकबाट फुकुवा गरी/गराई नियमानुसार बढी उत्खनन् गरेको परिमाण बराबरको रकम गाउँपालिकाका लागि भुक्तानी नगरी नगराई गाउँपालिकाको राजस्व रकम हिनामिना हानिनोक्सानी गर्ने गराउने कार्य गरेको देखिँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतका देहायका कसूरमा देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11