जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।


 

प्रेस विज्ञप्ति:- मिति २०८२।०६।३० गते।
------------------------------------------

जिल्ला महोत्तरी क्षेत्र नं. ४(ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य मा. सरोज कुमार सिंह समेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरी उक्त उपभोक्ता समितिको खाताहरुमा जम्मा/दाखिला भएको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ मार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा/दाखिला गरी गर्न लगाई साथै, निजको स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ समेतको खातामा रकम जम्मा गरी गराई घुस रिसवत लिई दिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मधेश प्रदेश, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २078/79 को बार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेश प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं. ४(ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु संचालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरु "देवी माहारानी सौन्दर्यकरण उपभोक्ता समिति,  मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति,  मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर -५, कन्चनपुर, माइस्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समिति, रामगोपालपुर न.पा.वडा नं. ८, हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं. ७ सहसौलासम्म साथै अनहेरभाट स्थान देखि जनता प्रा.बि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गा.पा. ४, गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति,, मनराशिसवा न.पा.वडा नं. ७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर न.पा वडा नं. ४" को लागि विनियोजन भई सो उपभोक्ता समितिहरुको नाममा साविकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लि. मा रहेको खातामा जम्मा भएको कूल रकम रू.१,३६,२७,४८१।– (एक करोड छत्तीस लाख सत्ताईस हजार चार सय एकासी  रुपैयाँ) मध्ये प्रतिवादी सरोज कुमार सिंहले प्रयोग प्रचलन गर्दै गरेको निज सरोज कुमार सिंह र निजको श्रीमती सरिता कुमारी महतो सिंहको नाममा सोहि बैंकमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा रु.३८,५०,३१९।-(अड्तीस लाख पचास हजार तीन सय उन्नाईस रुपैयाँ) अर्थात औषतमा २८।२५% (प्रतिशत) को दरले कमिसन भनी घुस रिसवत लिए दिएको (Flow Chart यसै साथ संलग्न छ) र उक्त रकम प्रयोग प्रचलनमा समेत ल्याएको स-प्रमाण पुष्टि भएको हुँदा प्रतिवादीहरु सरोज कुमार सिंह, रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी भन्ने स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीसमेतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसूरजन्य कार्य भएको हुँदा देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11
जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27