राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२३ गते ।
----------------------------------------------------

जिल्ला दाङ, घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगिता भण्डारी समेतले MRI मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गबाट MRI मेसिन खरिदको लागि Supply, Delivery and Installation of Magnetic Resonnance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेकोमा उक्त MRI मेसिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ को प्रतिकुल हुने गरी निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरी गराई एकै परिवारबाट संचालन भएको कम्पनीहरुबाट दररेट माग गरी गराई लागत अनुमान तयार गरेको। उक्त प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान स्वीकृत नै नगरी नगराई गोरखापत्रमा IFB No: RAHS/NCB/HE/15/077/078 बाट Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System को लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान(NCB) गरे गराएको देखिएको। राष्ट्रियस्तरको बोलपत्र (NCB) मार्फत आह्वान गरेको बोलपत्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशन गरेको नमूना बोलपत्र सम्बन्धी कागजातको प्रतिकूल हुने गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्र (ICB) को लागि समावेश गर्नुपर्ने समेतका कागजातहरु प्रयोग प्रचलनमा ल्याए ल्याउन लगाएको। सरोकारवाला बोलपत्रदाताहरुसमेतको उपस्थिति बिना बोलपत्र खोल्नु पूर्वको बैठकबाट Lumbini Healthcare Pvt.Ltd ले पेश गरेको प्रस्ताव बमोजिम प्राविधिक स्पेसिफिकेशन संशोधन गरे गराएकोमा उक्त संशोधन पश्चात सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५क. बमोजिम लागत अनुमानमा समेत संशोधन गर्न गराउन पर्नेमा उक्त कानूनी प्रावधान अनुसारको कार्य नगरेको। साथै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५क. को उपदफा (२) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५क. को उपनियम (४) समेतको प्रतिकुल हुने गरी काबु बाहिरको विशेष परिस्थिति सृजना नभए नरहेको अवस्थामा समेत पहिले नै स्वीकृत भईसकेको प्राविधिक स्पेसिफिकेशन कानूनले निर्धारण गरेको शर्त र अवस्था विना नै संशोधन गरे गराएको देखिएको। Magnetic Resonnance Imaging (MRI) System को प्राविधिक मूल्याङ्कन गर्दा गराउदासमेत बदनियत राखी CPU clock-pulse rate: ≥4.0GHz हुनुपर्ने भनी स्पेसिफिकेशनमा उल्लेख भएकोमा Processor को कार्यक्षमता १,९०,००,००,००० निर्देशन प्रति सेकेण्ड(९०.४७% कार्यक्षमता घटी) कमी हुने Lumbini Healthcare Pvt Ltd  ले प्रस्ताव गरेको CPU Pulse-rate 2.1 GHz लाई Minor Deviation भनी स्वीकार गरे गराएको, उक्त गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदनसमेतलाई आधार लिई Lumbini Healthcare Pvt.Ltd ले पेश गरेको कबोल अङ्क रु. ११,४५,००,०००।– (अक्षरेपी एघार करोड पैतालिस लाख) सारभुत रुपमा न्युनतम र प्राविधिक रुपमा प्रभावकारी देखिएको आधार लिई आशयपत्र प्रकाशन गर्ने निर्णय गरे गराएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18