नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२९ गते।
------------------------------------------

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा निज सचिन्द्र कुमार यादवको शुरू नियुक्ति भएको मिति २०६६।०२।२४ गतेदेखि मिति २०७९।०४।२९ गतेसम्मको जाँच अवधिमा निजले प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम, दैनिक भ्रमण भत्ता बचत वापतको रकम, जीवन बीमाको अवधि समाप्ति पश्चात प्राप्त रकम, हिमाल आरोहणको क्रममा सम्पर्क अधिकृत भई कार्य गर्दा प्राप्त गरेको रकम, आंशिक समय परामर्शदाताको रुपमा काम गर्दा प्राप्त गरेको रकम, घर बहालमा दिंदा प्राप्त रकम, बैठक भत्ता बचत वापतको रकम, कर्मचारी सञ्चय कोष र स्वदेशी बैंकबाट लिएको कर्जा सापटी रकम, कृषि आय वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय रकम, बैंकमा रहेको मुद्दती तथा बचत खातामा भएको मौज्दातमा प्राप्त ब्याज रकम, बिभिन्न कम्पनीहरूको शेयर बिक्रिबाट प्राप्त रकमसमेत गरी निज सचिन्द्र कुमार यादव र निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा कुल रू. २,६८,१८,९००।७२ आय आर्जन गरेको देखिएको।
सोही जाँच अवधिमा निजको व्ययतर्फ घरजग्गा खरिद/रजिष्ट्रेशन दस्तुरसमेतको रकम, घर निर्माण खर्च, कर्मचारी सञ्चय कोष र बैंकबाट लिएको कर्जा सापटीको साँवा व्याज भुक्तानी रकम, बिभिन्न कम्पनीहरूको शेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च, जीवन बीमाको प्रिमियम भुक्तानी रकमका साथै, निज र निजको परिवारको नाममा रहेको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा कुल रू.३,६५,०४,४५३।९१ खर्च तथा लगानी गरेको देखिएकोले निजको जाँच अवधिमा रू.९६,८५,५५३।१९  बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको हुँदा निजले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिक रुपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुरमा बिगो रू.९६,८५,५५३।१९  (छयानब्बे लाख पचासी हजार पाँच सय त्रिपन्न रूपैयाँ उन्नाईस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुन साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा कैद जरिवाना हुन मागदावी लिइएको छ।
साथै, निज सचिन्द्र कुमार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आशा कुमारी यादवलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12
जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03