कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२३ गते।
------------------------------------------

जिल्ला सिरहा, कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहले वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नगर प्रमुख राम पुकार साहलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेलीले जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रू.१,००,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज राम पुकार साह भन्ने राम पुकार साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/01
राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/31
यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/29
श्री मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरु उपर गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/28
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/12/26
जिल्ला पर्सा, बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/24