जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


 
प्रेस विज्ञप्ति:- मिति २०८२।०३।३० गते।
------------------------------------------
 
जिल्ला धनुषा, सबैला नगरपालिकाले आ.व. २०७७/०७८ मा कृषि प्रबर्द्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको, कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनुषा, सबैला नगरपालिकाले आ.व. २०७७/0७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्नको लागि रु.१५,००,०००।–विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्रपत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको, राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतले मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं. ३, ७ र ८ मा उक्त कार्यक्रम संचालन गर्न भ्याटसहित जम्मा रू.१५,००,०००।–मा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच मिति २०७८।०२।०५ गते सम्झौता भएको, उक्त संस्थासँग सम्झौता गरेपनि सबैला नगरपालिकाबाट बयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लेखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का तत्कालीन वडाध्यक्षले बुझेको भरपाईबाट देखिएको, अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस (खसी) कसलाई वितरण गरिएको हो भन्नेस्पष्ट विवरण नभएको, कार्यक्रम संचालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको भनेको बोका, पाठी र डाले घाँस उक्त संस्थाका संचालकले आफूले मिति २०७८।०३।२० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको मिति २०८२।०१।२४ गतेको पत्र अनुसार आ.ब. २०७७।०७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिंदा उक्त रकम कार्यक्रमका लागि बोका, पाठी, च्यापकहर, डाले घाँस (खसी) खरिद नगरी मिलोमतोमा झुट्टा विल भरपाई र गलत कागजात तयार गरी रु.१४,७७,५००।–हिनामिना हानिनोक्सानी गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22