प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०९ गते।
------------------------------------------
प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा निजले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थावाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका प्रतिवादी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरसमेतका प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेत/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु.३४,०३,८५६।५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु.८,३६,३३०/- (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू.२५,६७,५२६।५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरे गराएको देखिएकोले (डाईग्राम चित्र-१ मा उल्लेख छ) प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश..

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06