मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०२ गते।
------------------------------------------
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज खरिदार हरिचन्द्र पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदार हरिचन्द्र पाण्डे, खरिदार रतन बहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारी समेतको आपसी मिलेमतोमा जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.२०,०००।- घुस/रिसवत लिए लिन लगाएको हुँदा राष्ट्रसेवकहरू हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी.लाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००।-(बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
साथै, प्रतिवादीहरु शान्ति पुन र घनश्याम तिवारीले सेवाग्राहीसँग घुस/रिसवत रु.२०,०००।–माग गरी गराई उक्त रकम लेखापढी व्यवसाय गर्ने शान्ति पुनले लिई खरिदार हरिचन्द्र पाण्डेलाई दिए पश्चात निज हरिचन्द्र पाण्डेले प्रतिवादी घनश्याम तिवारीलाई दिएकोमा उक्त घुस/रिसवत रकम रु.२०,०००।- सहित निज घनश्याम तिवारी पक्राउ परेको देखिएकोबाट सेवाग्राहीलाई मोलाहिजा गरी आफ्नो लागि र राष्ट्रसेवकलाई उक्त रिसवत रकमको लाभ लिन दिनका निमित्त लिई दिई सहयोग पुर्‍याउने कार्य गरेको हुँदा निजहरु शान्ति पुन र घनश्याम तिवारी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रु.२०,०००।-(बीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरे वमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06