जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२७ गते।
------------------------------------------

जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले वनको राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीले वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट मिति २०७८।१२।२० गते रु. ७,००,०००।- रकम चेकमार्फत झिक्न लगाई सो रकममध्ये रू.६३,९५३।- राजस्व दाखिला र लेखापरीक्षण बापत कानूनसम्मत खर्च गरेको र अन्य रकमको हकमा राजस्व दाखिला गरेको भनी निजले कृषि विकास वैंक लिमिटेडको १४ वटा झुट्टा तथा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी १ वटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी रानीचौर सामुदायिक वन उपभोक्ता समूहमा पेश समेत गरी निजले आफूलाई गैरकानूनी लाभ र रानीचौर सामुदायिक वन उपभोक्ता समूहको खातामा रहेको सरकारी सम्पत्ति/रकम रू.६,३६,०४७।- बदनियतपूर्वक हिनामिना हानिनोक्सानी एंव निजी प्रयोग प्रचलन गरी मासेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.६,३६,०४७।-(छ लाख छत्तीस हजार सत्चालीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो रकम असुल उपर हुन साथै निजले सार्वजनिक संस्था कृषि विकास बैंक लिमिटेड लगायतका अन्य निकायको झुट्टा तथा नक्कली बिल भरपाई तयार पार्ने, किर्ते छाप दस्तखत गरी गलत लिखत तयार पारेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गतको कसूर र सरकारी तथा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने एवं हेरफेर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरमा निजलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07