जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२७ गते।
------------------------------------------

जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले वनको राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीले वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट मिति २०७८।१२।२० गते रु. ७,००,०००।- रकम चेकमार्फत झिक्न लगाई सो रकममध्ये रू.६३,९५३।- राजस्व दाखिला र लेखापरीक्षण बापत कानूनसम्मत खर्च गरेको र अन्य रकमको हकमा राजस्व दाखिला गरेको भनी निजले कृषि विकास वैंक लिमिटेडको १४ वटा झुट्टा तथा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी १ वटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी रानीचौर सामुदायिक वन उपभोक्ता समूहमा पेश समेत गरी निजले आफूलाई गैरकानूनी लाभ र रानीचौर सामुदायिक वन उपभोक्ता समूहको खातामा रहेको सरकारी सम्पत्ति/रकम रू.६,३६,०४७।- बदनियतपूर्वक हिनामिना हानिनोक्सानी एंव निजी प्रयोग प्रचलन गरी मासेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.६,३६,०४७।-(छ लाख छत्तीस हजार सत्चालीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो रकम असुल उपर हुन साथै निजले सार्वजनिक संस्था कृषि विकास बैंक लिमिटेड लगायतका अन्य निकायको झुट्टा तथा नक्कली बिल भरपाई तयार पार्ने, किर्ते छाप दस्तखत गरी गलत लिखत तयार पारेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गतको कसूर र सरकारी तथा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने एवं हेरफेर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरमा निजलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06