नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना उपर भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेतले जिल्ला रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी नगद रु.१९,००,०००।- (उन्नाईस लाख) रकम लिएको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा, जिल्ला रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project ले  रू. १ अर्ब ७७ करोड २९ लाख ८६ हजार सात सय छैसट्टी ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडी बढेको देखिएको। ऋण प्रक्रियाको लागि नेपाल बैंक लिमिटेडमा कागजात पेश गरे पश्चात भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजको छोरा तथा भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकित भुसालको संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसँग पटक पटक WhatsApp मार्फत कुराकानी, भेटघाट हुने गरेको। चन्द्र बहादुर अधिकारीले नेपाल बैङ्कवाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा मिति २०८१।०५।३० गते भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरे पश्चात निज प्रतिबादी बालकृष्ण भुसालको प्राईम बैंकको चेक प्राप्त गरी गराई भारतीय नागरीक लक्की खान भन्ने खुस नसिब अन्सारीकोमा काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई रू.७००,०००।- (सात लाख) र  शारदा गुप्ताको नाममा दर्ता रहेको Ananya Enterprises  सिटिजन बैङ्कको खातामा अमृत भुसालको एभरेष्ट बैङ्क मार्फत रू.१२,००,०००।–रकम ट्रान्सफर गर्न लगाई जम्मा गरे गराएको देखिएको।सो रु.१९,००,०००।–(उन्नाईस लाख रकम भारतीय नागरीक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत चन्द्र बहादुर अधिकारीले प्राप्त गरेको देखिएको।प्रतिवादीहरु चन्द्र बहादुर अधिकारी समेतले भुसाल हस्पिटालिटीलाई नेपाल बैङ्क लिमिटेडबाट ऋण लिन सहजीकरण गर्न गराउन जम्मा रु.१९,००,०००।–(उन्नाईस लाख) घुस रिसवत रकम भुसाल हस्पिटालिटीका पदाधिकारी बालकृष्ण भुसालसमेतसँग माग गरी लिन दिन मञ्जुर समेत भई लिएको देखिएको।घुस रिसवत बापत लिई सटही गरेको चेकको बिवरण, ट्रान्सफर गरिएको रकम समेतको बिवरण सहितको कागजात मिति २०८१/१०/२३ गते चन्द्र बहादुर अधिकारीको घरकोठाबाट बरामद समेत भएको देखिएको।नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीले लक्की खान भन्ने खुसनसिब अन्सारी समेतका प्रतिवादीहरूको मिलेमतोमा नेपाल बैक लिमिटेडबाट भुसाल हस्पिटालिटीलाई ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग जम्मा रु.१९,००,०००।–(उन्नाईस लाख) घुस रिसवत लिएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता

राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19