नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत २ जना उपर हिमाल तराई कन्सट्रक्सन प्रा.लि.को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारी समेतले जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका -३२ मा रहेको हिमाल तराई कन्सट्रक्सन प्रा.लि.को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनि रू.५,००,०००।- (पाँच लाख) को चेक लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि. जिल्ला काभ्रेपलाञ्चोक वनेपा न.पा. वडा नं.३ घर भई जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.९ बस्ने  राजमान तामाङ्गको नाममा काठमाण्डौ जिल्ला का.म.न.पा. -३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.ले ६,००,००,०००।- (छ करोड) ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेडमा कागजात पेश गरेकोमा सो प्रा.लि. को ऋण प्रक्रिया अगाडी बढेको।ऋण प्रक्रियाको लागि रमेश आचार्यले राजमान तामाङ्गलाई नेपाल बैक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसँग चिनजान तथा भेटघाट गराई दिएको। भेटघाट पश्चात निज चन्द्र बहादुर अधिकारीले आफू स्वयम तथा निज रमेश आचार्यलाई प्रयोग गरी SMS/फोन र Whatsapp  मार्फत समेत राजमान तामाङ्गलाई पटक पटक सम्पर्क गरी गराई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र सो कार्यको लागि ऋण रकम रू.६,००,००,०००।–(छ करोड) को १(एक) प्रतिशत (%) अथवा रू.६,००,०००।–(छ लाख) घुस रिसवत माग गरे गराएको, निज प्रतिवादी चन्द्र बहादुर अधिकारीले प्रतिवादी रमेश आचार्य मार्फत हिमाल तराई कन्स्ट्रक्सन प्रा.ली.को ऋणको लागि धितोको प्रारम्भिक मूल्याङ्कन गराई दिएको। माग गरेको घुस रिसवत रकम मध्ये तत्काल रू.५,००,०००।–(पाँच लाख) हिमाल तराई कन्ट्रक्सन प्रा.लि.को प्रभू बैंकको रमेश आचार्यको नाममा खिचिएको चेक राजमान तामाङ्गले रमेश आचार्यलाई उपलब्ध गराएको गराई सोही चेक प्रतिवादी रमेश आचार्यले प्रतिवादी चन्द्र बहादुर अधिकारीलाई उपलब्ध गराई दिएको देखिएको। उक्त चेक मिति २०८१/१०/२३ गते चन्द्र बहादुर अधिकारीको घरकोठाबाट बरामद समेत भएको। नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीले रमेश आचार्यसँग मिलेमतो गरी नेपाल बैक लिमिटेडबाट ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी ऋण रकम ६ करोडको १% रकम अर्थात रू ६,००,००० (छ लाख) घुस रिसवत बापत माग गरी रू. ५,००,०००।– (पाँच लाख) को चेक घुस रिसवत स्वरुप लिएको देखिएकोले देहायका प्रतिबादीलाई देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22