नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत ६ जना उपर अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------
नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले जिल्ला तनहुँ आबुँखेरेनी -१ मा रहेको अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी रू.५० लाख घुस रिसवत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला तनहु आबुखेरेनी -१ मा संचालनमा रहेको अकला देबी ट्रेडर्शलाई बैङ्कमा धितो राखी रू.२५,००,००,०००।– (पच्चीस करोड) सम्म रकम ऋण बापत निकाल्ने योजनाका साथ दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बरालले नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालय न्युरोड, शाखा कार्यालय कालिमाटी र शाखा कार्यालय डुम्रे तनहुँमा समेत ऋण प्रयोजनको लागि प्रक्रिया अगाडि बढाउँदा तत्काल माग बमोजिमको ऋण रकम उपलब्ध नभए पश्चात निज दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बराल र सन्तोष सुवेदी मार्फत नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसम्म पुगेको देखिएको।
प्रतिवादी चन्द्र बहादुर अधिकारीले ‍सन्तोष सुबेदी मार्फत दान बहादुर कार्की, नारायण प्रसाद बराल र सुन्दर बहादुर बानियासँग ऋण रकम रू.२५,००,००,०००।–(पच्चीस करोड) को २% अर्थात रू. ५०,००,०००।-(अक्षरेपी पचास लाख) रकम घुस रिसवत बापत माग गरी लिन दिन सहमत भई मिति २०८१/०५/१६ सन्तोष सुबेदीको नामको एन.आई.सी. एसिया बैङ्कको खाताबाट रू.७ लाख रुपैया जम्मा भएको देखिएको।उक्त रकम जम्मा गरेको भोलिपल्ट मिति २०८१/०५/१७ गते सन्तोष सुबेदीले एन.आई.सी. एसिया बैङ्कको खाताबाट उक्त रू.७,००,०००।- (अक्षरेपी सात लाख) रकम मध्येबाट रू.५,००,०००।-(पाँच लाख) अबिनाश श्रेष्ठको नबिल बैक लिमिटेडको खातामा जम्मा गरिदिएकोमा सो रू.५,००,०००।-(अक्षरेपी पाँच लाख) रकम तत्कालै अबिनाश श्रेष्ठले आफ्नो खाताबाट चन्द्र बहादुर अधिकारीको श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरी दिएको। देखिएको।सो खाताबाट मिति २०८१/०५/१७ गते रु.१,००,०००।-(एक लाख) र मिति २०८१/०५/१८ गते रु.२,००,०००।- (अक्षरेपी दुई लाख) र मिति २०८१/०५/१९ मा बाकी रु.२,००,०००।- (दुई लाख) निज मधुमाया अधिकारीको राष्ट्रिय बाणिज्य बैङ्कको अर्को खातामा स्थानान्तरण गरेको देखिन्छ।मधुमाया अधिकारीको उल्लेखित खाताबाट मिति २०८१/०५/३० गते रू.९९०,०००।- (अक्षरेपी नौ लाख नब्बे हजार) लक्की खान भन्ने खुस नसिब अन्सारीले निकाली पुन: सो रकम चन्द्र बहादुर अधिकारीले आफ्नो नेपाल बैङ्कको खातामा मिति २०८१/०६/०८ (२०२४/०९/२४) मा रु.२,००,०००।-(अक्षरेपी दुई लाख) र मिति २०८१/०६/१० (२०२४/०९/२६) मा  रु.४,००,०००।–(अक्षेरुपी चार लाख) गरी जम्मा रू.६,००,०००।–(अक्षेरुपी छ लाख) प्राप्त गरेको देखिएको।साथै, रू.५,००,०००।-(अक्षरेपी पाँच लाख) ट्रान्सफर गर्न लगाएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता

राजेन्द्र कुमार पौडेल

  

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06