जिल्ला पर्सा, रामदेनी तिवारी आ.वि.मा कार्यरत नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------

जिल्ला पर्सा, श्री रामदेनी तिवारी नि.मा.वि. तहमा कार्यरत शिक्षक चन्देश कुमार चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरगंज महानगरपालिका वडा नं. १ छपकैया स्थित श्री रामदेनी तिवारी आ.वि.मा कार्यरत शिक्षक चन्देश कुमार चौहान मिति २०६०/०८/०५ मा नि.मा.वि. तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई नि.मा.वि. द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि MAGADH UNIVERSITY BODH-GAYA बाट अग्रेजी B.A. (Hons.) स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी मिति २०७०/०४/०८ मा नि.मा.वि. द्वितीय श्रेणीमा पदोन्नति भई लाभ, ओहदा र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15