जिल्ला पर्सा, रामदेनी तिवारी आ.वि.मा कार्यरत नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------

जिल्ला पर्सा, श्री रामदेनी तिवारी नि.मा.वि. तहमा कार्यरत शिक्षक चन्देश कुमार चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरगंज महानगरपालिका वडा नं. १ छपकैया स्थित श्री रामदेनी तिवारी आ.वि.मा कार्यरत शिक्षक चन्देश कुमार चौहान मिति २०६०/०८/०५ मा नि.मा.वि. तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई नि.मा.वि. द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि MAGADH UNIVERSITY BODH-GAYA बाट अग्रेजी B.A. (Hons.) स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी मिति २०७०/०४/०८ मा नि.मा.वि. द्वितीय श्रेणीमा पदोन्नति भई लाभ, ओहदा र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06