जिल्ला रौतहट, फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोष्टका प्रतिनिधि र प्रकाशकसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------

जिल्ला रौतहट, फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई औषधी स्प्रे टंकी वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा फतुवा विजयपुर नगरपालिका, रौतहटले आ.ब. २०७८/०७९ मा कृषकहरुका लागि वितरण गर्न स्प्रे टंकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न मिति २०७८।१०।१८ गते जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरी मिति २०७८।१०।२० मा प्रकाशित भएको भनिएको बोलपत्र आह्वानको सूचना र तराई पोष्टमा मिति २०७८।११।२७ मा प्रकाशित भएको भनिएको बोलपत्र स्वीकृत भएको आशयको सूचना सम्बन्धमा प्रेश काउन्सिल नेपालको पत्रबाट उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक तथा तराई पोष्टमा प्रकाशन भएको नदेखिएको भनी उल्लेख भएकोले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह-लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादव समेतको बदनियतपूर्ण उद्देश्यले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुट्टा नक्कली पत्रिका तथा बिल भरपाई पेश गरी सूचना प्रकाशन गरे वापतको रकम लिने दिने कार्य गरेको एवं भुक्तानीको लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेतको कार्य गरेको देखिंदा प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी नक्कली प्रति कार्यालयको अभिलेखमा राखी सो वापत कर कट्टी गरी रु.१,७२,८२५।-जनसवाल राष्ट्रिय दैनिकलाई र वोलपत्र स्वीकृत भएको आशयको सूचना तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएको भनी नक्कली पत्रिकाको एक प्रति कार्यालयको अभिलेखमा राखी सोवापत रु.३९,४००।– तराई पोष्टलाई गरी जम्मा रु.२,१२,२२५।– भुक्तानी दिएकोले आफूहरुलाई गैरकानूनी लाभ र फतुवा विजयपुर नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22