नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसमेत ६ जना उपर नपाएको ओहदा पाएको भनी अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२५ गते।
------------------------------------------

जिल्ला चितवन, रत्ननगर नगरपालिका-०२ स्थित श्री नेपाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतले विद्यालयको शिक्षक विजया सुवेदीलाई स्थायी नियुक्ति गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा, सदस्य सचिव प्रधानाध्यापक वुद्धि राज सुवेदीले जिल्ला चितवन, रत्ननगर नगरपालिका वडा नं. ०२ स्थित श्री नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिले मिति २०५५।०७।०८ मा कारर कर्मचारी नियुक्ति गरेकोमा मिति २०६३।१०।१३ मा प्रा.वि./नि.मा.वि. को कक्षा लिने शिक्षकको जिम्मेवारी दिई मिति २०७२।०९।०४ मा उच्च मा.वि.मा करारमा नियुक्ति गरेको तर मिति २०७८।०५।०७ गते बैठक बसी आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम बनाई शिक्षक विजया सुवेदीलाई मिति २०७८/०४/०१ बाट लागु हुने गरी निम्न माध्यमिक विद्यालय (नि.मा.वि.) तृतिय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, साथै सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरी शिक्षक विजया सुवेदीलाई विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीले नियुक्ति पत्र प्रदान गरे गराएको। उक्त बिषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारबाट शिक्षा ऐन तथा शिक्षा नियमावलीले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको श्रोतबाट दायित्व बेहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न सक्ने, यसरी नियुक्ति हुने शिक्षक/कर्मचारीलाई स्थायी गर्ने, समायोजन गर्ने कानूनी व्यवस्था प्रचलनमा रहेको नदेखिंदा दीर्घकालीन आर्थिक दायित्व पर्ने गरी सामुदायिक विद्यालयमा विनियम बनाएर गरिएको स्थायी नियुक्ति प्रचलित संवैधानिक तथा कानूनी व्यवस्था बमोजिम नहुने भन्नेसमेत राय प्राप्त भएको देखिंदा उल्लिखित विद्यालयका शिक्षक तथा कर्मचारी स्थायी गर्न नपाउने नसक्नेमा आफूलाई प्राप्त भएको ओहदा, अधिकार, हैसियत वा सुविधा दुरुपयोग गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
श्री नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको शिक्षक विजया सुवेदी (विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलको छोरी तथा प्रधानाध्यापक बुद्धिराज सुवेदीको श्रीमती) ले विद्यालय व्यवस्थापन समितिलाई आफूमा नभएको अधिकार प्रयोग गर्न लगाई शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम बनाई/बनाउन लगाई आफू स्वयंलाई स्थायी नियुक्ति दिने निर्णय गरी गराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई सोही ऐनको दफा १५ बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाँक्याश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18