सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२३ गते।
------------------------------------------

जिल्ला रामेछाप, मन्थली नगर विकास समिति, मन्थली, रामेछापमा अस्थाई नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गरि भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा, मन्थली नगर विकास समिति, रामेछापमा हाल नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले मन्थली नगर विकास समिति, रामेछापमा मिति २०४९।०४।०१ मा अस्थायी खरिदार पदमा ६(छ) महिनाको लागि शुरू नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारी समेतले मिति २०४९।०४।०१ मा अनिश्चितकालीन म्याद थप गरे/गराएको देखिन्छ। उक्त कार्य सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार, काठमाडौंको प्राप्त पत्रानुसार नगर विकास ऐन, २०४५ मा नगर विकास समितिको अस्थायी कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था नरहेको भन्ने विवरण प्राप्त भएको देखिन्छ। मिति २०७०।१०।०१ मा अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै निज अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको देखिन्छ। निज प्रतिवादी टिका प्रसाद भट्टले बढुवा प्राप्त गर्न दिएको निवेदन, निजको शैक्षिक योग्यता र कार्य सम्पादनको स्तरलाई हेरि बढुवा गर्ने राय पेश गरेकोमा बढुवाको निम्ति खटिएको कार्यदलले सोको कुनै प्रक्रिया पूरा गरेको देखिदैन र निज टिका प्रसाद भट्टको नायब सुब्बा पदमा बढुवा हुने योग्यता पुगेको देखिदैन। मन्थली नगर विकास समितिको कर्मचारी निज टिका प्रसाद भट्ट वि.सं. २०५३ सालदेखि कान्तिपुर पब्लिकेशन लिमिटेडको विभिन्न पदमा कार्यरत रही काम गर्दै आएको देखिएकोमा मिति २०६७।०९।०१ मा कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारिको नियुक्ति लिई उक्त पब्लिकेशनबाट नियमित पारिश्रमिक तथा तलब सुविधा प्राप्त गरेको देखिन्छ। मन्थली नगरपालिका, नगर कार्यापलिकाको कार्यालय मन्थली, रामेछापको  पत्रानुसार मन्थली नगर विकास समितिमा कार्यरत टिका प्रसाद भट्टले कार्यालय समय बाहेक अतिरिक्त समयमा अन्य कुनै पेशा तथा व्यवसाय गर्न अनुमती प्रदान गरेको अभिलेखमा नरहेको भन्ने विवरण प्राप्त भएको देखिन्छ। मन्थली नगर विकास समिति, रामेछापको कर्मचारी टिका प्रसाद भट्टले मन्थली नगर विकास समिति तथा कान्तिपुर पब्लिकेशन लि. साथै एकै समयमा कार्यालयमा हाजिरी रही रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरू र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय लुकाई/गोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा उक्त कार्यालयहरूबाट काज/भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको देखिन्छ। सोही समयमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थली, रामेछापको सञ्चालक समिति (कोषाध्यक्ष)को रूपमा कार्यरत रही उक्त बैठकमा समेत उपस्थित भई गैरकानूनी लाभ लिएको देखिन्छ। निज टिका प्रसाद भट्ट मिडाड नेपाल नामक विज्ञापन एजेन्सिको साईट मेनेजर/स्थानीय प्रतिनिधिको रुपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम समेत लिएको देखिन्छ। मिडाड नेपालको स्थानीय प्रतिनिधी तथा पत्रकारको हैसियतमा जिल्ला स्थित कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी मिडाड नेपाल मार्फत कमिशन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्स लि.को एजेन्टको रुपमा समेत कार्य गरी भत्ता तथा अन्य सुविधा समेत लिएको देखिन्छ। राष्ट्रसेवक कर्मचारी टिका प्रसाद भट्टले व्यवसाय गर्नु, सहकारीको सञ्चालक भई काम गरेर सुविधा लिनु, आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रूपमा विभिन्न कार्यालयहरू लाई दबाव/प्रभावमा पारी भ्रमण भत्ता तथा बैठक भत्ता लिनु र मिडाड नेपाल नामक विज्ञापन एजेन्सीमार्फत सूचना प्रकाशित गरे वापत कमिशन लिई सम्बन्धित सार्वजनिक संस्थामा दाखिला नगर्नु, विज्ञापन एजेन्सिको प्रतिनिधीको रुपमा कमिशन लिई काम गर्नु, सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको एजेन्टको रूपमा काम गरी रकम भुक्तानी समेत लिएको देखिन्छ। साथै, सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेलवासे र सुरेश प्रसाद दाहालले निज प्रतिवादी टिका प्रसाद भट्टसँगको मिलोमतो तथा योजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता दिएको, आफ्नो कार्यालयको राष्ट्रसेवक कर्मचारीले आफ्नो वास्तविक परिचय लुकाई एकै समयमा गैरकानूनी रूपमा कान्तिपुर पब्लिकेशन लि. मा स्थायी नियुक्ति लिएर काम गरी तलब भत्ता तथा पारिश्रमक बापत सेवा सुबिधा लिएको, मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीको संस्थापक सदस्य र सञ्चालक समितिमा रही काम गरी परिश्रमिक बापत भत्ता तथा सुविधा लिएको, मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको स्थानीय प्रतिनिधी/साईट म्यानेजर भई कमिशन रकम लिएको, सिटिजन्स लाईफ ईन्स्युरेन्स लि.को बिमा अभिकर्ताको रूपमा काम गरी कमिशन लिएको, आफू कर्मचारी भन्ने वास्तविक परिचय लुकाई कान्तिपुर दैनिकको पत्रकारको हैसियतले एकै समयमा विभिन्न कार्यालयहरूबाट दोहोरो हुने गरी भ्रमण/काज खटिई भ्रमण भत्ता तथा बैठक भत्ता बापतको रकम बुझि लिँदा समेत उक्त विषयमा आवश्यक कारवाही गरेको नदेखिएकोवाट निज प्रतिवादी टिका प्रसाद भट्टले अन्य प्रतिवादीहरुसँगको मिलोमतोमा आर्थिक वर्ष २०४९।०५० देखि आ.व. २०८०।०८१ सम्म कार्यालयगत रूपमा तालिका नं. १ बमोजिमको जम्मा रू.१,१५,०४,१११।- (एक करोड पन्ध्र लाख चार हजार एक सय एघार रूपैंया) गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको मागदाबी लिई आज बिशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08
जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/07
जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/06
जिल्ला सर्लाही, साविक हरिपूर्वा गा.बि.स.का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/05
जिल्ला बाजुरा, बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/04
जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/01
राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/31
यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/29