नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।१३ गते।
------------------------------------------

जिल्ला सिरहा, नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डी.पी.आर. तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना गरेको नदेखिएको, संरचनाको गुणस्तरमा प्रश्न उठेको, परामर्शदातालाई भुक्तानी गरेको रकमसमेत अस्वाभाविक देखिएको विषयसमेतमा अनियमितता भएको हुन सक्ने भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नवराजपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न आ.व. २०७६/०७७ मा तयार गरेको D.P.R. बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान रु.६,१८,६८,७६४।३७ यकिन भएको अवस्थामा वदनियतपूर्वक श्रोतको सुनिश्चितता र बार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको D.P.R. लाई खण्डीकरण गरी रु.३७,७५,४३६।१० बराबरको लागत अनुमान तयार गरी उपभोक्ता समितिमार्फत मिति २०७७।०३।१५ सम्ममा सम्पन्न गर्ने गरी मिति २०७७।०२।३२ मा सम्झौता भएको, पालिकाले पेश गरेको कामको प्राविधिक मूल्याङकन तथा कार्य सम्पन्न प्रतिवेदनमा रु.३७,७९,१०६।८२ बराबरको कार्य भएको भनी गलत प्राविधिक मूल्याङ्‍कन सहितको प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई श्रमदान, आयकर, बहाल कर र सामाजिक सुरक्षा कर कट्टा गरी जम्मा रकम रु.३४,३९,१८९/- (चौतीस लाख उनान्चालीस हजार एक सय उनानव्वे मात्र कन्टिन्जेन्सीसमेत) भुक्तानी भएकोमा स्थलगत रुपमा नापजाँच गरी पेश भएको प्राविधिक प्रतिवेदन अनुसार पुरानो निर्मित संरचना त्रुटिपूर्ण देखिएकोले सो संरचनामा थप कार्य गर्न उपयुक्त नहुने अवस्था रहेको भन्ने व्यहोरा खुली आएको साथै गाउँपालिकाले सो संरचनामा थप निर्माण गर्न नमिल्ने भई उक्त संरचना उपयोगविहीन हुन गएकोले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना र दुरुपयोग हुन गई भ्रष्टाचारजन्य कार्य भएको पुष्टि हुन आएको हुँदा उक्त कसूरजन्य कार्यमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरु उपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/19
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/18
औरही नगरपालिका, महोत्तरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसमेत ११ जना र ५ वटा सप्लायर्स कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/17
जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12
जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05