डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसमेत ८ जना र जि.एस. निर्माण सेवा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।३१ गते।
------------------------------------------

जिल्ला सप्तरी, डाक्नेश्वरी नगरपालिका कार्यालयले नगरपालिकाको सम्पूर्ण वडामा विजुलीको पोलमा उच्चस्तरीय पोल लार्इट जडान कार्यको लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेश गरी विनियोजित पूरै रकम असार मसान्तमा  नै भुक्तानी लिई दिई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डाक्नेश्वरी नगरपालिकाले आ.ब. २०७८/०७९ मा नगरका सम्पूर्ण वडाहरूमा १४८ थान Led Street Light जडान सम्वन्धी रु.४८,२४,८७४।– कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधि विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा आफूहरुलाई गैरकानूनी लाभ र डाक्नेश्वरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदन बमोजिम फिल्डमा नभए नगरेका कामहरूको समेत मूल्याङ्‍कन गरी गराई गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरी रू.३,९२,२००।–  निर्माण ब्यवसायीलाई भुक्तानी भएको र Supply and delivery of Led Street Light per Technical Specification को लागत अनुमान तयार गर्दा पुष्ट्याईको आधार तथा बिना नम्स अस्वभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको रू.२१,१२,३३०।- समेत गरी जम्मा रू.२५,०४,५३०।- सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको हुँदा सो कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको कसूरमा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18