राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा इन्जिनियर करारमा कार्यरत सुमन खनाल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।२५ गते।
------------------------------------------

राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा इन्जिनियर करारमा कार्यरत सुमन खनालले इन्जिनियर पदमा करारमा नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको Bachelor Of Civil Engineering तह र Nepal Engineering Council को शैक्षिक योग्यताका प्रमाणपत्र नक्‍कली रहेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सुमन खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक ललितपुरमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन B.E. Civil Engineering Academic Transcript, Character Certificate, Provisional Certificate, Eastern College of Engineering बाट जारी भएको Character Certificate, नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेश गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06