जिल्ला बारा, फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रा.लि.का प्रबन्ध निर्देशक नवराज निरौलासमेत ३ जना र नेपाल मिडिया हाउस प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।२३ गते।
------------------------------------------

जिल्ला बारा, फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (PRM/04/079/80) को खरिद प्रक्रिया गोप्य राखेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहले फेटा गाउँपालिका, बाराबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (PRM/04/079/80) बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नेपाल मिडिया हाउस प्रा.लि.का निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रा.लि.को बिलबाट रु.१,४२,१६०/- (भ्याट बाहेक) रकम भुक्तानी दिएको पुष्टि भएको हुँदा प्रतिवादीहरु गौरी शंकर कुमार सिंह र मुकेश प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.१,४२,१६०/- (एक लाख बयालीस हजार एक सय साठी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहसँगको मिलोमतोमा फेटा गाउँपालिका, बाराबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (PRM/04/079/80) बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकाले प्रेस काउन्सिलमा पेश गरेको मिति २०७९।०७।२० मा प्रकाशित उक्त पत्रिकाको अभिलेखमा बोलपत्र सूचना प्रकाशन भएको नदेखिएकोले सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा रु.१,४२,१६०/- (भ्याट बाहेक) रकम भुक्तानी लिएको पुष्टि भएको हुँदा नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11