जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१९ गते।
------------------------------------------

विशेष अदातलमा दर्ता भएको मुद्दा नं.०८१-CR-००१६ वादी नेपाल सरकार प्रतिवादी ओम प्रकाश गुप्ता भन्ने ओम प्रकास तेलीसमेत भएको गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा सरकारी साक्षीहरुले अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको गलत लिखत तयार गरी भष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी,  अनन्त बढै,  चन्द्रीका चमार,  लोरिक अहिर र श्रीभदै केवटले विशेष अदालत, काठमाडौं समक्ष श्रव्य दृष्य (Video Conference) मार्फत बकपत्र गर्दा अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएकोले निजहरु उपर भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) साविक पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भन्ने गलत र बदनितपूर्वक तयार गरिएको सर्जमिन मुचुल्कामा सहीछाप गरेको कार्य कसुर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा मतियारको भूमिका निर्वाह गरेको देखिएको हुँदा निजहरु राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवटलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06