जिल्ला कास्की, पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८२।०१।०९ गते।
------------------------------------------

जिल्ला कास्की, पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कपिल गिरीलाई सेवाग्राहीसँग रु.२५,०००।–(पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रण लिइएको थियो।
अनुसन्धानको सिलसिलामा पोखरा महानगरपालिकाको उजुरी फर्छौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी जवाफको लागि पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई उजुरी फरफारक गर्न आवश्यक कार्य गर्ने भनी सेवाग्राहीसँग घुस/रिसवत रु.२५,०००।– माग गरी लिएको पुष्टी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२५,०००।– (पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11