जिल्ला बाजुरा, त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउद, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।३१ गते।
------------------------------------------
जिल्ला बाजुरा, त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोला पुल निर्माणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७४/०७५ र २०७५/०७६ मा जिल्ला बाजुरा, त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा Earthwork in Excavation, Stone Soling Work, PCC Work, Steels Works, Steel Parts and Cement L.S. Transportation को वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाई झुट्टा बिल बनाई भुक्तानी दिने कार्य गरेको, ढुवानी कार्यको लागि तयार भएको किम्नी खोला ट्रस पुल आयोजनाको लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रुपमा बढाई भुक्तानीका लागि सिफारिस भए गरेको, ग्याविन इष्टिमेटमा Machine Made रहेकोमा फिल्डमा Man Made र Mesh Size नमिलेको, गुणस्तरहीन ग्याविन जाली प्रयोग भएको जानी जानी निर्धारित गुणस्तरको हो भनी स्वीकृत दिने कार्य गरेको र मनासिव कारण बिना निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरी त्रिवेणी नगरपालिकालाई गैरकानुनी हानी नोक्सानी पुर्‍याउने बद्‌नियतले रु.४,३१,४८६।६४ उपभोक्ता समितिलाई बढी भुक्तानी गरे/गराएको देखिएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरूउपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22