जिल्ला बाजुरा, त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउद, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।३१ गते।
------------------------------------------
जिल्ला बाजुरा, त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोला पुल निर्माणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७४/०७५ र २०७५/०७६ मा जिल्ला बाजुरा, त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा Earthwork in Excavation, Stone Soling Work, PCC Work, Steels Works, Steel Parts and Cement L.S. Transportation को वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाई झुट्टा बिल बनाई भुक्तानी दिने कार्य गरेको, ढुवानी कार्यको लागि तयार भएको किम्नी खोला ट्रस पुल आयोजनाको लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रुपमा बढाई भुक्तानीका लागि सिफारिस भए गरेको, ग्याविन इष्टिमेटमा Machine Made रहेकोमा फिल्डमा Man Made र Mesh Size नमिलेको, गुणस्तरहीन ग्याविन जाली प्रयोग भएको जानी जानी निर्धारित गुणस्तरको हो भनी स्वीकृत दिने कार्य गरेको र मनासिव कारण बिना निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरी त्रिवेणी नगरपालिकालाई गैरकानुनी हानी नोक्सानी पुर्‍याउने बद्‌नियतले रु.४,३१,४८६।६४ उपभोक्ता समितिलाई बढी भुक्तानी गरे/गराएको देखिएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरूउपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10