भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।२२ गते।
------------------------------------------

जिल्ला महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज मुन्नु कुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रु.३५,०००।– (पैतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्ना दास भन्ने मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो समेतको आपसी मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग रू.३५,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा प्रतिवादीहरु दिपेन्द्र नारायण चौधरी र मुन्नु कुमार दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.३५,०००।- (पैतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन साथै प्रतिवादी जिवछ महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू.३५,०००।- (पैतीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03