जिल्ला प्रहरी कार्यालय, सिन्धुली संचार दरबन्दीका प्रहरी सहायक निरीक्षक कुमार गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१७ गते।
------------------------------------------

जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम कुमार गिरी भनिने कुमार गिरीले सेवा प्रवेश गर्दा पेस गरेको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कुमार गिरीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट जारी भएको मध्यमा तह (SLC सरह) को झुट्टा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी नेपाल प्रहरी सेवामा प्रहरी जवान पदमा मिति २०५७।११।११ सुरु भर्ना भई हाल पदोन्नतिसमेत भई प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा जिल्ला प्रहरी कार्यालय, सिन्धुली दरबन्दी भई प्रहरी चौकी ग्यालटार, सिन्धुलीको इन्चार्जको रुपमा कार्यरत रहेको देखिन आएबाट निज कुमार गिरीले झुट्टा प्रमाण-पत्र पेस गरी लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) एवं हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06