जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१७ गते।
------------------------------------------

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाको आ.व.२०७९/०८० को योजना बमोजिम पशुपंक्षीलाई खोप भ्याक्सिन तथा औषधी वितरणको लागि गाउँपालिकाबाट रकम विनियोजन भएकोमा गाउँपालिकाको पशु शाखामा कार्यरत कर्मचारीले कार्यक्रम सञ्चालनका बखत घुस/रिसवत लिएको हुँदा कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषालले आफ्नो प्रत्यक्ष संलग्नता रहेका कार्यक्रमहरुमा सप्लार्यसको रुपमा कार्यादेश पाएको बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालबाट पशु सेवा सम्बन्धी कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेश गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरेवापत बुद्ध भेट सेन्टरको बैंक खाताबाट रु.४,००,०००।–घुस/रिसवत लिएको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.४,००,०००।– (चार लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (1क) बमोजिम बिगो जफत हुन मागदाबी लिइएको छ।
बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालले मर्चवारी गाउँपालिका अन्तर्गतको पशु सेवा सम्वन्धी कार्यक्रम प्राप्त गर्न, प्रगती प्रतिवेदन पेश गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरेवापत बुद्ध भेट सेन्टरको बैंक खाताबाट मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषाललाई रु.४,००,०००।– घुस/रिसवत दिएको पुष्टि भएको हुँदा बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्याललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु.४,००,०००।– (चार लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06