प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादी कलिम अहमद जोलाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.१८,०३,७४१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. दफा ३(१) को खण्ड (च) बमोजिम कैद र बिगो समेत असुल उपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा ऐ. दफा १२ बमोजिम समेत कैद र जरिवाना हुन,
• प्रतिवादी बदरुददुजा खाँलाई भ्रष्टाचार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमाम रु.१८,०३,७४१।- बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद र बिगो असुल उपर हुन,
 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।०१।२७ को फैसलाबाट आंशिक सफाई दिएको-: 
• प्रतिवादी बदरुददुजा खाँको हकमा अभियोजन पक्षबाट नै कसुर किटान नगरी सजाय मागदाबी मात्र लिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१५ मा पुनरावेदन गरीएको छः-
देहाय:
क) प्रतिवादी कलीम अहमद जोलाहलाई बिगो रु.१८,०३,७४१।– मागदाबी लिइएकोमा अदालतबाट मुद्दा दायर हुनु अगाबै लेखापरीक्षणबाट रु.८,३२,५५१।- बेरुजु औँल्याइएको हुँदा दावी बिगो रु.१८,०३,७४१।- बाट घटाई रु.९,७१,१९०।- बिगो कायम गरी सजाय हुने गरी भएको फैसला कानुन, न्याय र लेखापरीक्षणका मान्य सिद्धान्त समेतबाट त्रुटिपूर्ण रहेको। सम्मानित सर्वोच्च अदालतबाट थप गर्न भएको  सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थामा न्यायिक सिद्धान्तकोसमेत अनदेखा गरी भएको फैसला त्रुटिपूर्ण त्रुटिपूर्ण रहेको।
ख) प्रतिवादी बदरुददुजा खाँ उपर कुन कसुरमा के कति सजायको मागदावी लिई मुद्दा दायर गर्ने वा नगर्ने अन्तिम अधिकार अनुसन्धान अधिकृतमा नभई सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निहित रहने संवैधानिक व्यवस्था रहेको।सम्मानित सर्वोच्च अदालतबाट जगरनाथप्रसाद सोनार विरुद्ध नेपाल सरकार भएको भ्रष्टाचार मुद्दामा फैसला हुँदा “भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरुसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने, आफू वा अन्य व्यक्तिलाई लाभ वा हानि पुर्‍याउने कार्य गरेमा सो कार्यमा संलग्न रहेका पदाधिकारी, संस्था वा व्यक्तिलाई समेत कसुरदार ठहर हुने”   भन्ने सिद्धान्त प्रतिपादन भएको अवस्था समेतलाई अनदेखा गरी प्रतिवादी बदरुददुजा खाँलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28