जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१४ गते।
------------------------------------------

जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २७ का वडा सचिव प्रभात लामिछानेले सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याउनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी निजले भने बमोजिमको व्यक्तिको बैंक खातामा सेवाग्रहीले घुस/रिसवत वापत रु.२,५०,०००।- जम्मा गरेको र उक्त रकम लिएको निज वडा सचिवले स्वीकारसमेत गरेको हुँदा निजलाई कारबाही हुन भन्ने पत्र, उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रभात लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भईसकेको अवस्थामा पुन: दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरी दिनेश लामिछानेको नाम, जन्म दर्ताको मिति, एकै व्यक्तिको फरक-फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत (दोहोरो जन्म दर्ता) तयार गरी दिने प्रयोजनार्थ प्रतिवादी दिनेश लामिछानेसँग घुस/रिसवत माग गरी निजले भने बमोजिमको व्यक्तिको बैंक खातामा घुस/रिसवत रु.२,५०,०००।–दाखिला गरी गर्न लगाई उक्त रकम निज प्रभात लामिछानेले आफ्नो बैङ्क खातामा पठाउन लगाई प्राप्तसमेत गरेको देखिएकोबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06