कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वर, काठमाडौंका प्रधानाध्यापक सानुकान्छा नेपालसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।०७ गते।
------------------------------------------
कुलेश्वर माध्यामिक विद्यालय, काठमाडौँमा प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रुपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएकोले गैरकानूनी रुपमा शिक्षक राख्ने प्रधानाध्यापकलाई प्रचलित कानूनबमोजिम कारबाही हुन भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वर, काठमाडौंका प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित रहेको अवस्थामा सोको जानकारी काठमाडौँ महानगरपालिकालाई नगराई झुट्टा बिल भरपाई बनाई बि.सं. २०८० सालको माघ महिनादेखि बि.सं. २०८१ को असार महिनासम्मको तलब भत्ता निकासा माग गरेको, अनुपस्थित शिक्षकको ठाउँमा गैरकानूनी रुपमा विद्यालयमा सट्टा शिक्षक (Dummy) को रुपमा रहेको श्रुती भण्डारी भनिने अम्विका घिमिरेलाई मिति २०८० फागुन १ गतेदेखि २०८१ असार महिनासम्म अध्यापन गरे/गराएको भनी रु.१,५७,९१५।- तलब भत्ता नियमविपरीत अनुपस्थित शिक्षककै नामबाट चेक जारी गराई भुक्तानी समेत गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु.१,५७,९१५।- (एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ।
कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरका सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने श्रुती भण्डारी भनिने अम्विका घिमिरेलाई विद्यालयमा अनुपस्थित रहेका प्राथमिक तहको राहत दरबन्दीका शिक्षकको ठाउँमा गैरकानूनी रुपमा सट्टा शिक्षकको रुपमा अध्यापन गर्न विद्यालयका प्रधानाध्यापकसँग मिलेमतो गरी नक्कली कागजात खडा गरी अनुपस्थित शिक्षकको नाममा रकम निकासा माग गरी भुक्तानी दिएको देखिएकोले निज शिवहरि घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु.१,५७,९१५।- (एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ। 
कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरका विद्यालय सहायक (लेखापाल) स्मृती रेग्मीले विद्यालयमा अनुपस्थित रहेका शिक्षकको नामबाट बि.सं. २०८० सालको माघ महिनादेखि बि.सं. २०८१ सालको असार महिनासम्मको तलब भत्तावापतको रकम निकासा माग गरेको, निकासा भएको रकम अनुपस्थित शिक्षककै नाममा चेक जारी गरी सट्टा शिक्षकको रुपमा कार्यरत शिक्षकलाई भुक्तानी दिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु.१,५७,९१५।- (एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ।
कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरमा सट्टा शिक्षकको रुपमा अध्यापन गरेकी श्रुती भण्डारी भनिने अम्विका घिमिरेले विद्यालयका सहायक प्रधानाध्यापक शिवहरि घिमिरेमार्फत अनुपस्थित शिक्षकको ठाउँमा गैरकानूनी रुपमा सट्टा शिक्षकको रुपमा विद्यालयमा अध्यापन गराएको र अनुपस्थित शिक्षकको नाममा जारी गरिएको चेकबाट भुक्तानी लिएको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेकोले निजलाई मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22