नापी कार्यालय, बाराका तत्कालीन अधिकृत हाल अवकाश प्राप्त दीनानाथ मिश्रसमेत ८ जना उपर घुस/रिसवत लिने/दिने, सरकारी कागजात सच्याउने, गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।११।०८ गते।
------------------------------------------
जिल्ला बारा, साविक डुमरवाना गा.वि.स. वडा नं. ६क को क्षेत्रफल ज.बि. ०-१-० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो पत्नी रामपति देवी थरुनीको नाउँमा रहेको जिल्ला बारा डुमरवाना गा.वि.स.स्थित कि.नं. २२१ र कि.नं. २८३ को जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई घुस/रिसवत रु.१,५०,०००।- समेत दिई प्रतिवादी जयलाल सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिल कुमार झालाई दिई निजमार्फत उक्त रकम अन्य प्रतिवादीहरुले समेत प्राप्त गरी मिलेमतोमा जिल्ला बारा डुमरवाना गा.वि.स. वडा नं. ६ स्थित प्रतिवादी रामपति देवी थरुनीको नाउँमा रहेको साविक कि.नं. २२१ को क्षेत्रफल ज.बि. ०-१-१० बाट आफ्ना पति सुदामा चौधरीलाई ०-०-१० जग्गा पास गरी बाँकी ०-१-० हुनुपर्नेमा लिखतको बाँकी महलमा क्षेत्रफल ०-३-१० अभिलेख राखेको र साविक कि.नं. २८३ को ०-३-१० जग्गाबाट प्रतिवादी सुदामा प्रसाद चौधरीलाई ०-१-० पास गरिदिए पछि क्षेत्रफल ०-२-१० बाँकी हुनुपर्नेमा बाँकी क्षेत्रफल ०-६-० अभिलेख देखाई सोही अनुसार जग्गाको क्षेत्रफल बढाउने प्रयोजनको लागि नापी कार्यालयको नक्सा हेरफेर गरी फाईल नक्सा तयार गर्ने, सोही अनुसार प्लट रजिष्ट्रर सच्याई मालपोत कार्यालय बाराबाट तयार भएको हालैको बकसपत्र लिखतको कित्ताकाटको महलमा गलत व्यहोरा जनाई गैरकानूनी लाभ लिई गलत लिखत तयार गर्ने तथा सरकारी लिखत सच्चाउने कसूर कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22