नापी कार्यालय, बाराका तत्कालीन अधिकृत हाल अवकाश प्राप्त दीनानाथ मिश्रसमेत ८ जना उपर घुस/रिसवत लिने/दिने, सरकारी कागजात सच्याउने, गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।११।०८ गते।
------------------------------------------
जिल्ला बारा, साविक डुमरवाना गा.वि.स. वडा नं. ६क को क्षेत्रफल ज.बि. ०-१-० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो पत्नी रामपति देवी थरुनीको नाउँमा रहेको जिल्ला बारा डुमरवाना गा.वि.स.स्थित कि.नं. २२१ र कि.नं. २८३ को जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई घुस/रिसवत रु.१,५०,०००।- समेत दिई प्रतिवादी जयलाल सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिल कुमार झालाई दिई निजमार्फत उक्त रकम अन्य प्रतिवादीहरुले समेत प्राप्त गरी मिलेमतोमा जिल्ला बारा डुमरवाना गा.वि.स. वडा नं. ६ स्थित प्रतिवादी रामपति देवी थरुनीको नाउँमा रहेको साविक कि.नं. २२१ को क्षेत्रफल ज.बि. ०-१-१० बाट आफ्ना पति सुदामा चौधरीलाई ०-०-१० जग्गा पास गरी बाँकी ०-१-० हुनुपर्नेमा लिखतको बाँकी महलमा क्षेत्रफल ०-३-१० अभिलेख राखेको र साविक कि.नं. २८३ को ०-३-१० जग्गाबाट प्रतिवादी सुदामा प्रसाद चौधरीलाई ०-१-० पास गरिदिए पछि क्षेत्रफल ०-२-१० बाँकी हुनुपर्नेमा बाँकी क्षेत्रफल ०-६-० अभिलेख देखाई सोही अनुसार जग्गाको क्षेत्रफल बढाउने प्रयोजनको लागि नापी कार्यालयको नक्सा हेरफेर गरी फाईल नक्सा तयार गर्ने, सोही अनुसार प्लट रजिष्ट्रर सच्याई मालपोत कार्यालय बाराबाट तयार भएको हालैको बकसपत्र लिखतको कित्ताकाटको महलमा गलत व्यहोरा जनाई गैरकानूनी लाभ लिई गलत लिखत तयार गर्ने तथा सरकारी लिखत सच्चाउने कसूर कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जे.भी. उपर सार्वजनिक सम्पति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/04
जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/02
जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/28
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27