जिल्ला बझाङ, जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२३ गते।
------------------------------------------

जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा निज दीपक बोहराले जयपृथ्वी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि Higher Secondary Education Board, Nepal (उच्च माध्यामिक शिक्षा परिषद्‍) बाट जारी भएको +२ तहको लव्धाङ्क पत्र (Transcript) को झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 
 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06