पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।०४ गते।
------------------------------------------

पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवको शैक्षिक योग्यताको प्रमाण-पत्र आवश्यक छानविनको लागि पठाइएको भन्नेसमेत व्यहोराको पूर्वाञ्चल विश्वविद्यालयको प्राप्त पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज हिरालाल यादवले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेज (PUCMAS) मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (PUSOM) मा स्थायी नियुक्ति पाउनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सि.वि.एस.ई.) CBSE, अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाण-पत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएकोले निज हिरालाल यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06