जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।१६ गते।
------------------------------------------

जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका वडा नं. १ को आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने समेत व्यहोरा उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७५/०७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको Providing mixing and pouring (१:२:४) Machine Mix Concrete आइटमको सबै ठाउँको ढलान भत्किई रु.२७,०५,०११।०७ (सत्ताइस लाख पाँच हजार एघार र पैसा सात मात्र) बराबरको र आ.व. २०७६/०७७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनाको PCC for RCC Works १:२:४ आइटमको सबै ठाउँको ढलान भत्किई रु.८,३४,३२०।५८ (आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ र पैसा अन्ठाउन्न) बराबरको गुणस्तरहीन काम गरेको देखिन आएकोले देहायका प्रतिवादीहरूउपर देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07