प्रतिवादी जितेन्द्र कुमार चौधरी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०९।१६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी जितेन्द्र कुमार चौधरी उपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ६ र दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.३५¸००¸०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ६ समेतमा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र दफा ३ को उपदफा (१) बमोजिम घुस रिसवत लिएको रु. ३५¸००¸०००।– जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8०।०९।२९ को फैसलाबाट आंशिक सफाई दिएको-:
• भूमी इन्फास्ट्रक्चर प्रा.लि.का संचालक शुभम् भन्ने भावेश बोहराले सो अवधिमा रु.३२,७९,४२५।८८ को मात्र ठेक्काको लागि रु. ३५,००,०००।– कमिशन दिने भन्ने तथ्य विश्वासप्रद नभएको।
• वादी पक्षका साक्षी शुभम् भन्ने भावेश बोहरालाई बकपत्रका लागि अदालत समक्ष उपस्थित गराउन नसकेको।
• शुभम् भन्ने भावेश बोहराले करार बमोजिमको रकम क्षतिपूर्ति दिलाई पाउँ भन्ने मुद्दामा करारलाई मान्यता दिई बिगो र व्याजसमेत भरिभराउ गर्ने गरी अदालतबाट फैसला भैसकेकाले यस अदालतले अन्यथा व्याख्या गरी भ्रष्टाचार ठहर गर्न नमिल्ने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. भुमि इन्फास्ट्रक्चर प्रा.लि. र उक्त प्रा.लि.सँग जे.भी.समेत रहेका कम्पनीहरुको आ.व. २०७३/२०७४ र आ.ब. २०७४/२०७५ मा गरी ९ वटा आयोजना स्वीकृत भएको र भुमि इन्फास्ट्रक्चर प्रा.लि.का संचालक शुभम भन्ने भावेश बोहराले प्रतिवादी जितेन्द्र कुमार चौधरीलाई सबै आयोजनाको कमिशन बापत रु.३५,००,०००।– दिएको र उक्त रकम निज प्रतिवादी जितेन्द्र कुमार चौधरीले श्रीमती किरण चौधरीको खातामा पटक/पटक गरी जम्मा गरेको देखिदा देखिदै भूमि इन्फास्ट्रक्चर प्रा.लि.को ठेक्का रकम रु.३२,७९,४२५।८८ लाई मात्र आधार बनाई सो को कमिशन रु.३५,००,०००।– दिएको भन्ने अनुमान गर्न नसकिने भन्ने अर्थ गरी प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको।
ख. ठेक्का प्राप्त गर्ने ब्यक्ति भावेश बोहराले अनुसन्धानको क्रममा वयान गर्दा, प्रतिवादी जितेन्द्र कुमार चौधरीले दवाव र प्रभावमा पारी पुरानो मिति उल्लेख गरी झुठा जग्गा बैनाको कागज गरेको।जितेन्द्र कुमार चौधरीलाई प्रत्येक ठेक्का वापत ०.२५ प्रतिशत देखि १ प्रतिशत सम्म कमिसन नदिई काम नगरी दिने भएकोले “मैले जे.भी. समेतमा काम गरेका विभिन्न ठेक्काबाट नगदसमेत गरी रु.३७,००,०००।– भन्दा माथिको रकम दिएको हो” । प्रतिवादी जितेन्द्र चौधरीले अनुसन्धानको वयानमा सरल सहज रुपमा काम गरिदिए वापत भूमि ईन्फ्रषस्ट्रक्च्चर प्रा.लि.का शुभम बोहराले मेरो श्रीमतीको नाममा रहेको खातामा विभिन्न मितिमा रु.३५,००,०००।- रकम जम्मा गरी दिएका हुन भनी कमिशन रकम लिएकोमा स्वीकार गरेको अवस्था देखिएकोमा उक्त ठेक्का प्राप्त गर्ने ब्यक्ति भावेश बोहरा बकपत्रको लागि अदालतमा उपस्थित नभएतापनि अनुसन्धानको क्रममा गरेको वयानबाट कमिशन दिएको तथ्य पुष्टि भईरहेकोले उक्त वयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (१) र (२) बमोजिम प्रमाण लिन मिल्ने नै देखिदा देखिदै सोको विपरित प्रतिवादीलाई सफाई दिने ठहर गरी भएको त्रुटिपूर्ण फैसला बदरभागी रहेको।
ग. प्रतिवादी जितेन्द्र कुमार चौधरीले अनुसन्धानको वयानका क्रममा उक्त रकम रु.३५,००,०००।– भावेश बोहराले ठेक्का परेको कमिसन वापत मेरो श्रीमतीको खातामा जम्मा गरिदिएका हुन् भनी स्वीकार गरेकोमा पछि फौजदारी कसूरबाट उन्मुक्ति पाउने अभिप्रायले निज भावेश बोहरालाई दवाव र प्रभावमा पारी बनावटी घरसारको बैना कागज बनाई उक्त कागज कै आधारमा अदालतमा नालेश गरी मिलुवा प्रतिउत्तर लगाई उक्त वैना कागजलाई आधार लिई फैसला गराएको भएतापनि कसूरबाट उन्मुक्ति पाउने उद्देश्यले Created evidence खडा गरेकोले सो आधारमा भएको फैसला त्रुटीपूर्ण रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Tweet