जिल्ला धादिङ, रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।०७ गते।
------------------------------------------

जिल्ला धादिङ, रुवीभ्याली गाउँपालिका अन्तर्गत पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको भन्ने व्यहोराको उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सबइन्जिनियर लालमान तामाङले आ.व. २०७६।०७७ मा जिल्ला धादिङ, रुवीभ्याली गाउँपालिका वडा नं. ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणको लागि २०७६।१२।१७ गते देखि २०७७।०३।२५ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी योजनाको सम्झौता गरी लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखार्इ प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी रु.१०,८९,९८९।५८ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिँदा निजहरु टंक बहादुर नेगी, सुदिप रेग्मी, बाबुलाल नेगी र लाल मान तामाङलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.१०,८९,९८९।५८ (दश लाख उनान्नब्बे हजार नौ सय उनान्नब्बे रुपैयाँ र अन्ठाउन्न पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै निज प्रतिवादीहरुले आफैले तयार गरेको लागत अनुमान प्रतिकूल हुने गरी गलत प्राविधिक मूल्यांकन प्रतिवेदनको आधारमा योजना सम्वन्धी बिल तयार गरी सोही बमोजिम भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी/गराई भुक्तानी समेत गरे/गराएको देखिँदा निजहरु टंक बहादुर नेगी, सुदिप रेग्मी, बाबुलाल योगी र लाल मान तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।
रुवी भ्याली गाउँपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङले उक्त सडक निर्माण योजनामा कार्य सम्पन्न भएपश्चात योजनाको अनुगमन गरी नापी किताब अनुरूप कार्य भए/नभएको यकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा नभए/नगरेको काम भए/गरेको भनी बढी काम गरेको देखार्इ उक्त योजनाको गाउँपालिकास्तरीय अनुगमन प्रतिवेदनमा दस्तखत गरेको र भुक्तानीको लागि सिफारिस दिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको छ।
पागोमा देखि स्कुल सम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङले निर्माण कार्य सम्पन्न भएको भनी सार्वजनिक परीक्षणको फारम, खर्च सार्वजनिक सूचना फारम, उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन, बिल लगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौता बमोजिमको कार्य नगरी कम कामलाई बढी काम गरेको मूल्यांकन गरी/गराई रु.१०,८९,९८९।११ बढी भुक्तानी लिएको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (४) बमोजिम कसुरमा बिगो रु.१०,८९,९८९।५८ (दश लाख उनान्नब्बे हजार नौ सय उनान्नब्बे रुपैया र अन्ठाउन्न पैसा मात्र) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11