बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका जुनियर असिस्टेन्ट मनसुन नेपाल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।०७ गते।
------------------------------------------

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका कर्मचारी मनसुन नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी बढुवा भएको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मनसुन नेपालले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनको लागि His Majesty’s Government of Nepal, Ministry of Education & Sports, Office of the Controller of Examinations बाट जारी भएको देखिने झुट्टा/नक्कली एस.एल.सी. (School Leaving Certificate Examination-Mark Sheet) को लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टा/नक्कली चारित्रिक प्रमाण-पत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको देखिएकोबाट निज मनसुन नेपालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/06
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/06
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव उपर बिगो रु.६,७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/04
तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक सदस्य, डच मिडिया प्रा.लि.का निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/03
सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी उपर रु.१,०८,३८,३०२।५७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/02
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/30