बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका जुनियर असिस्टेन्ट मनसुन नेपाल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।०७ गते।
------------------------------------------

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका कर्मचारी मनसुन नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी बढुवा भएको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मनसुन नेपालले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनको लागि His Majesty’s Government of Nepal, Ministry of Education & Sports, Office of the Controller of Examinations बाट जारी भएको देखिने झुट्टा/नक्कली एस.एल.सी. (School Leaving Certificate Examination-Mark Sheet) को लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टा/नक्कली चारित्रिक प्रमाण-पत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको देखिएकोबाट निज मनसुन नेपालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06