जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।०१ गते।
------------------------------------------

जिल्ला महोत्तरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा अशोक कुमार यादवले सवारी ज्यान कसुर मुद्धामा मृतकको नजिकको हकदार (पिडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निबेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज नायव सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट  रु. २०,०००।–(बीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहको आपसी मिलोमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलव्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीसँग रु.२०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि भएबाट निजहरु अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००|- (बीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/06
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/06
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव उपर बिगो रु.६,७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/04
तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक सदस्य, डच मिडिया प्रा.लि.का निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/03
सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी उपर रु.१,०८,३८,३०२।५७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/02
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/30