जिल्ला अदालत, कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्यूटर अपरेटर विकाश पाण्डेय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२१ गते।
------------------------------------------

जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्यूटर अपरेटर विकाश पाण्डेयको आपसी मिलोमतोमा वेरितको वण्डा मुचुल्का बदर गरी पुन: वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग रु.२०,०००।–(बीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोवाट निजहरु सन्तोष कुमार मिश्र र विकाश पाण्डेयले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसूर भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.२०,००० |- (बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06