जिल्ला सिरहा, धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसमेत ५ जना र प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२० गते।
------------------------------------------
 
जिल्ला सिरहा, धनगढीमाई नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनगढीमाई नगरपालिकाको आ.व. २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरु जनसवाल पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरे/गराएको र ५ प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधि खरिद गरेको, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (१क) बमोजिम Curex Pharmaceuticals Pvt. Ltd. ले आ.व. २०७८/०७९ को लागि मिति २०७८।०४।१० गते राष्ट्रियस्तरको दैनिक जनसवाल पत्रिकामा प्रकाशित २३७ प्रकारका औषधिहरुको मूल्य-सूची (दररेट) मा नबढ्ने गरी उक्त कम्पनीको आधिकारिक बिक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि.सँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको रकम रु.३,४६,३२०।- र ५ प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधिहरु रु.१,१४,४९०।- समेत गरी जम्मा रकम रु.४,६०,८१०।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) नेपाल सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बद्‌नियत राखी अङ्कित मूल्य भन्दा अस्वभाविक बढी मूल्यमा औषधि खरिद गरी/गराई झुट्टा विवरणको बिल भरपाईको आधारमा जम्मा रु.४,६०,८१०।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) रकम भुक्तानी गरे/गराएको पुष्टि भएकोबाट देहायका प्रतिवादी उपरर देहाय बमोजिम कसूर तथा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश... 
 
 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06