पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय, हरिहरभवन, ललितपुरका कार्यकम निर्देशक डा. बलराम थापा क्षेत्री समेत ७ जना र प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२० गते।
------------------------------------------

आ.ब. ०७३/०७४ मा पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयले हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रा.लि. साँफेबगर, अछाम नगरपालिका, वडा नं. ७  लाई प्रक्रिया नपुर्याई हचुवाको भरमा रकम दिएको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३/०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ७ स्थित हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.सँग मिति २०७४/०२/०७ मा भएको सम्झौतामा मिति २०७४।०२।१५ गतेसम्ममा कार्य सम्पन्न गरी अनुदान रकम भुक्तानी लिनेछ भनी उल्लेख भएकोमा जिल्ला अछाम, साँफेबगर नगरपालिका वडा नं ७ मा हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.द्वारा लागत साझेदारीमा निर्मित पशुहाट बजार सञ्चालनमा नरहेको, उक्त पशुहाट बजार परिसर जग्गा धनी आफैले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिए‌को, उक्त संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमहरुको काम नभएको, केही आइटमहरुको कम काम भई बढी मूल्याङ्कन भएको र केही आईटमहरुको दोहोरो मूल्याङ्कन भई बढी भुक्तानी भएको रकम रु.६३,४६,९४३।७६ मध्ये लागत साझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशत बापत हुने रकम रु.४४,४२,८६१।– हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.लाई झुट्टा विल भरपाई समेतको आधारमा बढी भुक्तानी गरे/गराएको पुष्टि भएकोबाट पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री, लेखा अधिकृत राम प्रसाद बजगांई, पशु विकास अधिकृत पूजा शर्मा, जिल्ला पशुसेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वर प्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.का अध्यक्ष लोक बहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरत बहादुर भूल, इन्जिनियर पुष्कर भण्डारीसमेतको आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि नोक्सानी गर्ने बदनियतले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसुर भएको हुँदा निज प्रतिवादीहरु उपर देहाय बमोजिम कसूर तथा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...


प्रवक्ता
नरहरि घिमिरे

 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22